इटालियन च्याम्पियन युभेन्ट्सको प्रशिक्षकमा आन्द्रे पिर्लो

इटालियन च्याम्पियन युभेन्ट्सको प्रशिक्षकमा आन्द्रे पिर्लो

इटालियन च्याम्पियन युभेन्ट्सले आन्द्रे पिर्लोलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ।

माउरिजियो सारीलाई बर्खास्त गरेको युभेन्ट्सले पिर्लोलाई जिम्मेवारी दिएको हो।

क्लबका पूर्व मिडफिल्डर पिर्लो अघिल्लो साता मात्र युभेन्ट्सको यु–२३ टिमको प्रशिक्षकमा नियुक्त भएका थिए।

शुक्रबार च्याम्पियन्स लिगको अन्तिम १६ मा लियोनसँग पछि पार्दै युभेन्ट्स बाहिरिएपछि क्लबले सारीलाई बर्खास्त गरेको थियो।

क्लबले पिर्लोसँग जुन २०२२ सम्मका लागि दुई वर्षे सम्झौता गरेको छ।

पिर्लो खेलाडी रहदा पनि क्लबको नेतृत्व गरेको र नयाँ सफलताका लागि उनी उपयुक्त हुने क्लबले बताएको छ।

४१ वर्षीय पिर्लोले युभेन्ट्सका लागि सन् २०११ देखि २०१५ को बीचमा १६४ खेल खेलेका थिए भने चार पटक इटालियन सिरि एको उपाधि जितेका थिए।

त्यसअघि उनले एसी मिलानबाट खेलका थिए। उनले च्याम्पियन्स लिगको उपाधि दुई पटक जिते।

इटालीको राष्ट्रिय टिमका लागि ११६ अन्तर्राष्ट्रिय क्याप जितेका उनले सन् २००६ को विश्वकप जितेका थिए। २०१७ मा संन्यास लिनुअघि उनले अमेरिकी टिम न्युयोर्क सिटीबाट खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *