नगर अधिबेशन सम्पन्न गर्न बिभिन्न उपसमिति गठन गर्दै कांग्रेस साँफेबगरको बैठक सम्पन्न

नगर अधिबेशन सम्पन्न गर्न बिभिन्न उपसमिति गठन गर्दै कांग्रेस साँफेबगरको बैठक सम्पन्न

१४ औ महाधिबेशनलाई एकता, मेलमिलाप र सहमतीको महाधिबेशन बनाउनु पर्नेमा कांग्रेस नेताहरुको जोड

अछाम : नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँरले बिपीले अंगालेको मेलमिलाप र एकताको निति १४ औँ महाधिबेशन सम्म आईपुग्दा पनि उत्तिकै सान्र्दभिक रहेको बताएका छन् ।

सभापती स्वाँर नेपाली कांग्रेसका संस्थापक पूर्व सभापती तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोईरालाको १०८ औँ जन्मजयन्तीको दिनमा उनको स्मरण गर्दै यसपटकको महाधिबेशनलाई एकता, मेलमिलाप र सहमतीको महाधिबेशन बनाउनु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेस साँफेबगर नगरकार्य समिती साँफेबगरद्धारा यहि २७ गते हुने नगर अधिबेशनको तयारी बैठकमा प्रमुख अथिति रहेका सभापती स्वाँरले जिल्लाका वडामा उत्साहजनक सहभागीता सहित सहमतीमै कार्य समिति र प्रतिनिधी चयन भएको भन्दै आगामी अधिबेशनहरु पनि यहि रुपले सफल पार्न नेता कार्यकर्तालाई आग्रह गरे ।

नगर कार्य समितीका सभापति गोकुल प्रसाद भाटको सभापतित्वमा भएको बैकका बिशिष्ट अथिति पूर्व सुचना तथा संचार राज्य मन्त्री गोविन्द बहादुर शाहले सहमती, सहकार्य र मेलमिलापको नितीले अघि बढ्नुपर्नेमा जोड दिए ।

बैठकमा पूर्व राजदुत बलबहादुर कुवँर, पूर्व पार्टी सभापति नैनसिह केसी, मेघराज खड्का, महासमिती सदस्य राजन कुवँर, महाधिबेशन प्रतिनिधी ध्वज बहादुर कुवँर, जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुवँर, टक्कर ताम्रकार, अर्जुन ताम्राकार, टिकाराम खनाल लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

बैठकद्धारा नगर अधिबेशन सम्पन्न गर्न विभिन्न उपसमिती गठन।

नगर अधिबेशनलाई भव्य र सभ्य रुपमा सफल पार्न बैठकले बिभिन्न उपसमितीहरु गठन गरेको छ । नगर अधिबेशन मुल आयोजक उपसमिती, आर्थिक उपसमिती, मञ्च व्यावस्थापन उपसमिती, स्वागत उपसमिति, र्याली व्यावस्थापन उपसमिती र भोजन व्यावस्थापन समिती गठन गरेको सचिव कृष्ण कुवँरले सुदूरआजलाई जानकारी दिए ।

नगर सचिव कुवँरका अनुसार बर्तमान सभापती गोकुल भाटको संयोजकत्वमा २३ सदस्यि मुल आयोजक समिती, सचिव कृष्ण कुवँरको संयोजकत्वमा आर्थिक व्यावस्थापन उपसमिती, बिद्यार्थी नेता उमेश कुवँरको संयोजकत्वमा मञ्च व्यावस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै महिला नेतृ रुपा आउजीको संयोजकत्वमा स्वागत उपसमिती, ज्ञानेन्द्र कुवँरको संयोजकत्वमा र्याली व्यावस्थापन उपसमिती, गोकुल भाटकै संयोजकत्वमा भोजन व्यावस्थायन उपसमिती र अनिल कुवँरको संयोजकत्वमा दिवस बुढा सहसंयोजक रहनेगरी २१ सदस्यि प्रचार प्रसार उपसमिती पनि गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *