बलिउड अभिनेता अक्षय कुमारकी आमाको निधन, हेर्नुहाेस् भावुक बनाउने भिडियाे

बलिउड अभिनेता अक्षय कुमारकी आमाको निधन, हेर्नुहाेस् भावुक बनाउने भिडियाे

बलिउड खिलाडी नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको छ। आमाको मृत्युपश्चात् आफू गहिरो शोकमा डुबेको नायकले आफ्नो पोस्टमार्फत् बताएका छन्। अक्षय एक आदर्श छोरा थिए र जति नै व्यस्त भएपनि आफ्नी आमाको ख्याल राख्न उनले भुल्दैनथे। व्यस्त दिनचर्याका बाबजुद पनि अक्षयले आमासँग समय बिताउने गरेका थिए।

अक्षयकी आमा लामो समयदेखि बिमारीसँग जुधिरहेकी थिइन्। केही वर्ष पहिले अक्षयले आमालाई औसधि गराउन लैजाँदाको भिडियो सेयर गरेका थिए। साथै उनले आफ्नी आमाको बारेमा लगातार लेखिएका पोस्टबाट पनि बुझ्न सकिन्छ, उनी आफ्नी आमालाई धेरै चाहन्थे।

आमाको मृत्युपश्चात् अक्षय लेख्छन्, ‘आमा मेरो जिन्दगीको अहम् हिस्सा थिइन्, उनी जाँदा मलाई असहनीय पीडा भएको छ। अर्को दुनियाँमा पितालाई फ़ेरि भेट्न आमा गएकी छन्। म तपाईंको प्रार्थनालाई सम्मान गर्छु, किनकि म र मेरो परिवार यतिबेला खराब परिस्थितिसँग जुधिरहेका छौँ। ॐ शान्ति।

केही वर्ष पहिले लन्डनको सडकमा अक्षयले बिरामी आमालाई घुमाएको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *