स्थानीय तह अस्थायी करार कर्मचारी हक हित मंच अछामको अध्यक्षमा देवकोटा सर्वसम्मत चयन

स्थानीय तह अस्थायी करार कर्मचारी हक हित मंच अछामको अध्यक्षमा देवकोटा सर्वसम्मत चयन

स्थानीय तह अस्थायी करार कर्मचारी हक हित मंच अछामको जिल्लाको कार्य समिति गठन गरिएको छ ।

आज अछामको सदरमुकाम मंगलसेनमा भएको एक भेलाले कार्यसमितिको जिल्ला अध्यक्षमा कृष्ण प्रसाद देवकोटालाई सर्वसम्मत चयन गरेको छ ।

जिल्ला अध्यक्षमा चयन भएपछि सडक मिडिया संग कुराकानी गर्दै देवकोटाले भने
अछाम जिल्लाका हरेक पालिकाहरु मा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुका हक हितका बिषयमा वकालत तथा पैरवी गर्न जस्तोसुकै परिस्थितिमा पनि आफू पछी हट्ने छैन ।

करार तथा ज्यालादारी कर्मचारीहरुको हकहितको लागि  सधै सम्बन्धित निकायमा आवाज उठाउने र हकहितको लागि लड्ने काम आफ्नो पहिलो प्राथमिकतामा रहेकोे बताए ।

साथै उहाँले आफुलाइ सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्न सहयोग गर्ने सम्पुर्ण अस्थायी करार कर्मचारी हरुलाइ धन्यवाद समेत ज्ञापन गरेकाछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *