काङ्ग्रेस मंगलसेन न•पा ५ नम्बर वडा कार्यसमिति द्वारा ज्येष्ठ नागरिकहरु लाइ सम्मान

काङ्ग्रेस मंगलसेन न•पा ५ नम्बर वडा कार्यसमिति द्वारा ज्येष्ठ नागरिकहरु लाइ सम्मान

अछाम : नेपाली काङ्ग्रेस मंगलसेन नगरपालिका वडा नम्बर ५ वडा कार्यसमितिको आयोजनामा पदभार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

निवर्तमान सभापति पर्मिला ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा नव निर्वाचित कार्यसमितिका सभापति प्रेम भाट लगायत पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले  पदभार ग्रहण गरेका छन् ।  साथै पार्टीको वडा कार्यसमितिले नेपाली काङ्ग्रेसका क्रियाशिल ज्येष्ठ नागरिकहरुलाइ दोसल्ला र अबिरले सम्मान गरेको हो । वडा नम्बर ५ निवासी काङ्ग्रेस पार्टीमा आबद्ध ज्येष्ठ नागरिक हरुलाइ कार्यक्रमका प्रमुख अतिथि  नेपाली काङ्ग्रेसका पुर्व पार्टी सभापति पुष्प बहादुर शाहले सम्मान गरेका थिए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि अन्जु मल्ल ,जिल्ला कार्यसमिति आमन्त्रित सदस्य हरिप्रसाद ढुंगाना ,पुर्ण प्रसाद भाट,नेपाल प्रेस युनियन अछाम शाखा अध्यक्ष टंक प्रसाद रिमाल ,किसान संघका जिल्ला उपसभापति सहदेव ढुंगाना ,नेपाल विद्यार्थी संघका बसन्त भाट लगायत नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *