महाकाली तुइन प्रकरण : नेपाल सरकारले भारतलाई पठायो कुटनीतिक नोट

महाकाली तुइन प्रकरण : नेपाल सरकारले भारतलाई पठायो कुटनीतिक नोट

काठमाडौं : दार्चुला घ’टना भएको झण्डै दुई महिनापछि नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ ।

गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो । १५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।

घटनाबारे छानविन गर्न गृह मन्त्रालयले बनाएको समितिले एसएसबीको उपस्थितिमा घटना भएको बताएको छ । साथै घटनाबारे थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ ।

समितिले प्रतिवेदन बुझाएपछि भारतीय विदेश मन्त्रालयले भने छानविन समितिको प्रतिवेदन आन्तरिक भएको र यसबारे आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिएको थियो ।

महाकाली तुइन प्रकरणः एसएसबीलाई कारवाही गर्न छानबिन समितिको सिफारिस

दार्चुलामा तुइनबाट नेपाली नागरिक जयसिंह धामी महाकाली नदीमा खसेको घ’टनामा भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका- २ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो ।

जयसिंह धामी बेपत्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)कै संलग्नता रहेको र दो’षीलाइ कडा का’रबाही गर्न गठित छानबिन समितिले सिफारिस गरेको छ । मंगलबार सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर समितिले प्रतिवेदन बुझाउँदै घटनामा एसएसबीको संलग्न रहेको र दोषीलाई कारवाही गर्न सिफारिस गरेको हो ।

प्रतिवदेनमा भनिएको छ, ‘उक्त घटना भारतीय एस.एस.बी.का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धनमा अनुुसन्धान गरी दोषी उपर कारवाही गर्न र जय सिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षा दीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’

घटनाबारे छानबिन गर्न सह–सचिव गौतम नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । साउन १७ मा गठन गरिएको समितिलाई गृह मन्त्रालयले १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने समय दिइएको थियो । समितिले स्थलगत अनुसन्धान गरेर मंगलबार प्रतिवेदन बुझाएको छ ।

दार्चुलाको ब्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी हालसम्म बेपत्ता छन् । बेपत्ता भएपछि उनको खोजी गरिए पनि उनी भेटिएका थिएनन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार महाकाली नदी तर्न लाग्दा एसएसबीले तुइन काटिदिएपछि उनी महाकाली भेलसँगै बगेका थिए ।

तर, भारतीय पक्षले भने दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नरहेको स्पष्टीकरण दिएको छ । त्यसपछि घटनाबारे सत्यतथ्य छानविन गर्न गठित समितिले घटनामा एसएसबीको संलग्न रहेकाले दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *