‘बीग बोस’ १३ का विजेता सिद्धार्थ शुक्लाकाे निधन

‘बीग बोस’ १३ का विजेता सिद्धार्थ शुक्लाकाे निधन

बलिउड कलाकार तथा ‘बीग बोस’ १३ का  विजेता सिद्धार्थ शुक्लाको नि’धन भएको छ ।  भारतीय मिडियाका अनुसार हृ’दयघातका कारण शुक्लाकाे नि’धन भएकाे हाे ।

४० बर्षको उमेरमा सिद्धार्थको नि’धन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पो’स्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकारको औषधी सेवन गरेका थिए भन्ने खुलेको छैन ।  ‘बीग बोस’ १३ का विजेता समेत रहेका शुक्ला खतराै कि खिलाडिका समेत विजेता हुन् ।

सन् १९८० को डिसेम्बर १२ मा जन्मिएका  उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए । उनले सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए । उनी ‘बालिका बधु’ बाट भने चर्चामा रहे ।

उनले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए । उनले​ २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *