काैन बनेगा कराेडपतिको हटसिटमा अरुणिता कांजिलाल, अरू को को पुगे?

काैन बनेगा कराेडपतिको हटसिटमा अरुणिता कांजिलाल, अरू को को पुगे?

इन्डियन आइडल सिजन १२ को फर्स्ट रनरअप रहेकी अरुणिता कांजिलाल आफ्नो सुमधुर स्वरको जादुले सबैको मन जित्न सफल भएकी छन्। सामाजिक सञ्जालमा अरुणिताको जोडदार फ्यानफ्लोइङ देख्न सकिन्छ। उनका हरेक फोटो र भिडियोहरू भाइरल हुने गरेका छन्।

पछिल्लो समय अरुणिता KBC मा पुगेको खबर भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। खबरका अनुसार महानायक अमिताभको साथमा अरुणिता कौन बनेगा करोडपति नामक कार्यक्रममा देखिने छन्।

यतिबेला अरुणिताको एउटा फोटो सामाजिक सञ्जालमा छाइरहेको छ। जसमा उनी आफ्ना पिता र अमिताभको साथमा देखिएकी छन्। स्रोतअनुसार, चाँडै नै अरुणितालाई कार्यक्रमको हटसिटमा बसेको हामीले देख्न पाउने छौँ। अरुणिताका साथै पवनदीप राजन, मोहम्मद दानिस, निहाल टरो लगायत इन्डियन आइडल १२ का अन्तिम ६ प्रतिस्पर्धीलाई KBC मा देख्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *