नेपोलीलाई पछि पार्दै बार्सिलोना क्वार्टरफाइनलमा

नेपोलीलाई पछि पार्दै बार्सिलोना क्वार्टरफाइनलमा

स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

शनिबार राति अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले इटालियन क्लब नेपोलीलाई ३-१ ले हरायो। पहिले लेग १-१ को बराबरीमा सकिए पनि दोस्रो लेगमा जित हात पारेको बार्सिलोना समग्रमा ४-२ को नतिजामा अन्तिम ८ मा पुग्यो।

बार्सिलोनाका लागि शनिबार लेङ्गलेटले १० मिनेटमा पहिलो गोल गरे। लिओनल मेसीले २३ मिनेटमा अग्रता दोब्बर पारे।

पहिलो हाफको इन्जुरी टाइममा दुवै टिमले १-१ गोल गरे। दुवै गोल पेनाल्टीबाट भए।

बार्सिलोनाका लागि लुइस सुआरेजले गोल गर्दा नेपोलीका इनसाइनले गोल फर्काए। दोस्रो हाफमा भने कुनै गोल भएन।

यता शनिबार वायर्नले चेल्सीलाई ४-१ ले हरायो। पहिलो लेगमा ३-० ले विजयी वायर्न समग्रमा ७-१ ले अघि रहेर अन्तिम ८ मा पुग्यो।

शनिवार उसका लागि रोवर्ट लिवान्डोस्कीले १० मिनेटमा पेनाल्टी र ८३ मिनेटमा गरी दुई गोल गरे। पेरिसिकले २४ र टोलिसोले ७८ मिनेटमा गोल थपे।

चेल्सीका लागि ४४ मिनेटमा अब्राहमले गरेको गोल सान्त्वनामै सिमीत बन्यो।

अब अन्तिम आठमा वायर्न र बार्सिलोनाबीच खेल हुनेछ। यससँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनल समिकरण पूरा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *