अफगानिस्तानको कारुणिक दृश्य: देश छोड्न विमानमै झुण्डिए मानिसहरु – भिडियो

अफगानिस्तानको कारुणिक दृश्य: देश छोड्न विमानमै झुण्डिए मानिसहरु – भिडियो

काठमाडौं : अफगानिस्तानमा चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेशसँगै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

तालिबानले  अफगानिस्तानको राजधानी सहर काबुलसहित मुलुकका अधिकांश स्थानलाई आफ्नो कब्जामा लिएपछि आत्तिएका धेरै मानिस छिटो भन्दा छिटो अफगानिस्तान छाड्न चाहिरहेका छन् । देशको अवस्थाले कुन मोड लिन्छ भन्ने अड्कल गर्न नसक्दा धेरैले मुलुक छोड्न ताकेता गरिरहेका हुन् ।

सोमबार हामिद कारजाई विमानस्थलमा देखिएका विभिन्न दृश्यहरुले अन्तर्राष्ट्रियस्तरमा चर्चामा छन्  । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हजारौं अफगानी नागरिक मुलुक छाड्नको लागि विमानस्थल पुगेका छन् ।

यद्यपि सोमबार अमेरिकी सेनाले विमानस्थललाई नियन्त्रणमा लिँदै सबै व्यवसायिक उडान रद्द गरेको छ । अहिले हामिद कारजाई विमानस्थलबाट केवल सैन्य उडान मात्र भइरहेको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरिएको भिडियोमा ठूलो संख्यामा मानिसहरु विमानस्थलमा भेला भएको देख्न सकिन्छ । मानिसहरु विमानतर्फ दौडिरहेको देखिन्छ । यहाँ न कुनै नियम छ न कुनै कार्यान्वयन गराउने निकाय देखिन्छ, केवल मानिसहरु मात्र एकोहोरो दौडिरहेका छन् ।

यतिमात्र होइन, मानिसहरु उड्न लागेको विमानमा पनि झुण्डिरहेका छन् । त्यस्तै उड्नको लागि रनवेमा गुडिरहेको विमानलाई पनि मानिसहरुले घेरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *