बधाई ! किरण गजमेर बने ‘द भ्वाइस अफ नेपाल’

बधाई ! किरण गजमेर बने ‘द भ्वाइस अफ नेपाल’

काठमाडौं : चर्चित सिङ्गिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को उपाधि टिम प्रमोदका किरण गजमेरले जितेका छन्  । शनिबार भएको ग्राण्ड फिनालेमा किरण विजेता बनेका हुन् ।

फिनालेमा कोच दीप श्रेष्ठको टिमबाट आर्यन तामाङ, टीम प्रमोदबाट किरण गजमेर, टीम राजुबाट तारा श्रीष मगर र टिम तृष्णाबाट ज्वाला राई फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा भएको थियो ।

कोरोना महामारीको प्रभावका कारण भ्वाइसको स्टुडियोबाटै प्रत्यक्ष प्रसारण गरिएको  फिनालेमा अमेरिकाबाट आएका किरण गजमेरले उपाधि जितेका हुन् । किरणले टीम प्रमोदबाट रवि गहतराजलाई पछि पार्दै अन्तिम ४ मा आफ्नो स्थान पक्का गरेका थिए ।

यसअघि सिजन- २ को उपाधि टिम प्रमोदका राम लिम्बु र सिजन – १ को उपाधि टिम दीपका सिडी विजय अधिकारीले जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *