कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं :  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । । आज (शनिबार) बसेको बोर्डको बैठकले यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि परीक्षा सञ्चालनका लागि विभिन्न कठिनाइ उत्पन्न भएको कारण स्थगित गरिएको हो । परीक्षा अहिलेलाई स्थगित गरिएको र परीक्षा हुन १५ दिन अगाडि सूचना जारी गरेर जानकारी दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

यस अगावै सीसीएमसीले कोरोना संक्रमण तीब्र रुपमा बढ्दै गएकोले तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो । साथै, विभिन्न विद्यार्थी संगठन तथा अभिभावकहरुले पनि सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्न र व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।

केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए भौतिक रुपमा परीक्षा नगरी आन्तरिक मूल्याङकनबाट गर्न गर्न सकिने बताएका थिए । तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको र परीक्षा हुने बताउँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *