खानपिन र सरसफाईमा ध्यान दिन ढकारी स्वास्थ्य चौकी इन्चार्ज बुढाको जोड

खानपिन र सरसफाईमा ध्यान दिन ढकारी स्वास्थ्य चौकी इन्चार्ज बुढाको जोड

निराजन भण्डारी,साउन १६अछाम:पछिल्लो समयमा अछाम जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन ।यता ढकारी गाउँपालिकामा पनि भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन । मौसम परिवर्तन भए सँग भाइरल ज्वरोका बिरामी बढ्न थालेको ढकारी स्वास्थ्य चौकी इन्चार्ज सुरत बुढाले बताउनु भयो।  गाउँ घरका नागरिकले सरसफाईमा तेति ध्यान नदिने गरेकाले पनि भाइरल ज्वरोका बिरामी बढ्न थालेको इन्चार्ज बुढाले बताए ।

मौसम परिवर्तन सँगै तापक्रममा पनि परिवर्तन आउने गरेकाले पनि भाइरल ज्वरोका बिरामी बढ्न थालेको बुढाले बताउनु भयो । भाइरल ज्वरोकै कारणले अन्य रोग समेत लाग्न सक्ने सम्भावना भएकाले भाइरल ज्वरो आएको समयमा विशेष ध्यान पुर्याउनु पर्ने उहाँले बताउनु भयो ।

भाइरल ज्वरोका कारणले जण्डिस, टाइफाइड, भाइरस इन्फेक्सन ९वाकवाकी, पखाला तथा पेट दुःख्ने तथा ठेउला सम्म पनि हुन सक्ने उहाँले बताउनु भयो । भाइरल ज्वरोबाट बच्ने उपाय भनेकै सबैभन्दा पहिला भाइरल लाग्नै नदिनु हो ।

धूवाँ धूलोबाट बच्ने, मुखमा मास्कको प्रयोग गर्ने, भिटामिन सी तथा फलफूल खाने, उमालेको पानी प्रशस्त पिउने, जंगफुड नखाने, सरसफाइमा विशेष ध्यान दिने, खोक्दा, हाच्छ्युँ गर्दा वा हाइ गर्दा सधैँ रुमालले मुख छोप्ने लगायत स्वास्थ्य मापदण्डको अनिर्वाय पालना गर्नु पर्ने उहाँले सुभाब दिनु भएको छ ।

पछिल्लो समयमा कोरोनाको जोखिम पनि बढि रहेकाले भाइरल ज्वरोका बिरामी पनि बढ्न थालेको बुढाले बताउनु भयो । भाइरल ज्वरोको लक्षण पनि कोरोनाकै लक्षण सँग मिल्दो जुल्दो हुने गरेको इन्चार्ज बुढाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *