बोनम्यारो रोगबाट पिडित शाहलाई १ लाख २३ हजार भन्दा बढी रकम हस्तान्तरण

बोनम्यारो रोगबाट पिडित शाहलाई १ लाख २३ हजार भन्दा बढी रकम हस्तान्तरण

निराजन भण्डारी,साउन ११ अछाम:अछामको चौरपाटी गाउँपालिका वडा नः १ सिउडी पातलका लाल बहादुर शाह विगत केही समय देखि बोन म्यारो रोगले थला पर्नु भएको थियो । बोन म्यारो रोगले थला पर्नु भएका पिडित शाहको उचारको लागि आर्थिक अभियान सञ्चालन गरिएको थियो । सो अभियान बाट संकलित रकम सोमबार  पिडितका परिवारलाई हस्तान्तरण गरिएको छ ।

अभियान बाट संकलित १ लाख २३ हजार रकम पिडितको घरमै पुगेर हस्तान्तरण गरिएको हो । चौरपाटी गाउँपालिका वडा नः२ सोकट निवासी समाज सेवी धर्म बहादु साउदको नेतृत्वमा लाल बहादुर शाह बचाउ अभियान सञ्चालन गरिएको थियो। समाज सेवी र विभिन्न संघ संस्था बाट उनको उपचारको लागि आर्थिक सङ्कलन भएको थियो।

विगत २ वर्ष देखि पिडित शाह काठमाण्डौको सिभिल अस्पतालमा उपचाररत हुनुहुन्छ । बोनम्यारो रोग पिडित लाल बहादुर शाह बचाउ अभियानमा विभिन्न ठाउँ बाट आर्थिक सहयोग भइरहेको छ।नेपाल एकता समाज भारतका सदस्य एवं  रामनगर एरिया अध्यक्ष विकास साउदले भारत बाट अभियान सञ्चालन गरिरहनु भएको छ  भने यता नेपालमा धर्म बहादुर साउदले अभियान सञ्चालन गरिरहनु भएको छ ।   अहिले उनको जीवनका लागि सबैको सहयोग खाचो छ । सबैको साथ र सहयोग भए उनी बाँच्न सक्छन् ।’ तेसैले देश तथा विदेशमा रहेका नेपाली र सहयोग गर्न इच्छुकलाई आर्थिक सहयोग गरेर शाहको बोनम्यारो उपचारका लागि सहज बनाउन सामाजिक अभियान्ता धर्म बहादुर साउदले सबैलाई  अपिल गरेकाछ्न ।

लाल बहादुर शाह बचाउन सहयोग गर्न चाहनेले बोन म्यारो पिडित साहको नाम रहेको सेन्चुरी बैङ्कको खाता नम्बर १२२००००८१२५ र एभरेस्ट बैङ्कको खाता नम्बर ०११००५१२२००४१८मा जम्मा गर्न सकिने पनि बताइएको छ । हाल सम्म अभियान बाट संकलित रकम हस्तान्तरण कार्यक्रमा विभिन्न सरोकारवालाहरु उपस्तिथि  रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *