पौडेल समूहको निष्कर्ष : कुनै बहानामा महाधिवेशन सार्न हुँदैन

पौडेल समूहको निष्कर्ष : कुनै बहानामा महाधिवेशन सार्न हुँदैन

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले कुनै पनि हालतमा महाधिवेशनको मिति सार्न नहुने निष्कर्ष निकालेका छन् ।

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको पौडल समूहका शीर्ष नेताहरुको छलफलले क्रियाशील सदस्यता छानबिनको काम छिटो भन्दा छिटो सकेर तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।  कोभिड महामारीलाई देखाउँदै सो अवधीलाई शून्य समय मानेर केहि समय महाधिवेशन सार्ने प्रयत्न भइरहेको भन्दै भदौमै महाधिवेशन गर्ने बारे छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए ।

उनले स्थगित भएको वडा कमिटीको अधिवेशन मिति तत्काल तोक्न नेतृत्वलाई दबाब दिने निर्णय भएको पनि सुनाए ।  कांग्रेस क्रियाशील सदस्यता विवादले वडा तहको अधिवशेन स्थगित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *