अछामका अभियान्ता द्धारा संकलित रकम धुर्मुश सुन्तलिको खातामा जम्मा

अछामका अभियान्ता द्धारा संकलित रकम धुर्मुश सुन्तलिको खातामा जम्मा

निराजन भण्डारी,साउन १० अछाम:चितवनमा निर्माण भैरहेको गौतम बद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि अछाम जिल्लामा पनि केही दिन अगाडि आर्थिक संकलन अभियन सञ्चालन गरिएको थियो। रंगशालाको निर्माण कार्यमा सहयोग पुगोस् भनेर अभियान सञ्चालन गरिएको आर्थिक संकलनका अभियान्ता रिदम बिसीले बताउनु भयो । थोरै रकम भए पनि रंगशाला निर्माणमा सहयोग पुग्ने अभियान्ता बिसीले बताउनु भयो।

युवा अभियान्ताको सक्रियतामा अछामको सदरमुकाम समेत रहेको मंगलसेन बजार र व्यापारिक केन्द्र ठुलासेन बजारका व्यावसायीहरु तथा समाजसेवी बाट आर्थिक संकलन गरिएको थियो ।करिब दुई दिन सञ्चालन गएिको आर्थिक संकलन अभियन बाट २२ हजार ६६ रुपैयाँ संकलित भएको थियो। रंगशालाको लागि संकलित रकम आज धुर्मुश सुन्तलिको खातामा जम्मा गरिएको बताइएको छ ।

सो रकम अछामको सदरमुकाम मंगलसेनमा रहेको इन्भेस्ट बैक बाट जम्मा गरिएको मंगलसेन बजार व्यवस्थापन समितिका अध्यक्ष छवि ढुंगानाले जानकारी  दिनु भयो । समाज परिवर्तनको लागि युवाहरु अझै सक्रिय हुदै जानु पर्नेमा उहाँले जोड दिनु भयो। युवा अभियान्ताले यस्ता सकारात्मक कार्यमा जहिले पनि अग्रसर भए र लाग्नु पर्ने कुरामा पनि जोड दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *