नेपाली काङ्ग्रेस मंगलसेन न•पा ६ को कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस मंगलसेन न•पा ६ को कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस मंगलसेन नगरपालिका वडा ६ वडा कार्यसमितिको आयोजनामा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

वडा कार्यसमितिका सभापति हेमराज भण्डारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी रहनुभएको थियो । भने विशिष्ट अतिथि पार्टी सचिव नमबहादुर शाही,पार्टी सहसचिव एवं प्रबक्ता वेदप्रकाश तिमिल्सैना रहनु भएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य एवं वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी ,नगर सभापति पुष्पराज भण्डारी ,शिक्षक संघका नेता सेतिराम भण्डारी लगायतको उपस्थित रहेकोे थियो । कार्यक्रममा आसन्न महाधिवेशनलाई कसरी सफल पार्ने भन्ने बिषयमा छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *