अछाममा आँखा उपचार केन्द्र स्थापना ,नागरिकले सहजै सेवा लिन पाउने नेत्र ज्योति संघ अछाम

अछाममा आँखा उपचार केन्द्र स्थापना ,नागरिकले सहजै सेवा लिन पाउने नेत्र ज्योति संघ अछाम

निराजन भण्डारी ,साउन ८ अछाम:मंगलसेन नगरपालिका र गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा अछाममा आँखा उपचार केन्द्र स्थापना भएको छ। अछामको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिका वडा नः५मा आँखा उपचार केन्द्र स्थापना भएको हो। आँखा उपचार केन्दको उद्घाटन असार २९ गते गरिसकेको बताइएको छ। आँखा सम्बन्धी समस्या भएका सेवाग्राहीलाई मंगलसेन नगरपालिकाको पुरानो भवन बाट सेवा दिन सुरु गरी सकिएको बताइएको छ ।उद्घाटन गरे सँगै आँखा सम्बन्धी उपचार गर्न थालिएको केन्दले जनाएको छ । आँखा सम्बन्धी उपचार गर्न जिल्ला बाहिरी जानु पर्ने बाध्यताको अन्त्य गर्न आँखा उपचार केन्द्र स्थापना गरिएको नेपाल नेत्र ज्योति संघ अछामका कोषाध्यक्ष शंकर रावलले बताउनु भएको छ ।

विगतको समयमा आँखाको उपचार गर्न जिल्ला बाहिरी जानु पर्ने बाध्यता रहेको स्मरण गराउदै उहाँले अब जिल्ला भित्रै आँखा सम्बन्धी समस्या भएका सेवाग्राहीले सेवा लिन सक्ने बताउनु भएको छ । जिल्लामा स्थापना गरिएको आँखा उपचार केन्द्र बाट चस्मा निर्माण ,अत्याधुनिक मेसिनद्धारा चेकजाँच ,टेलिमेडिसिनको व्यवस्था लगायतका सेवाहरु प्रदान र्गदेै आएको उपचार केन्द्रले जनाएको छ ।

साथै बिमितहरुका लागि बर्षमा १ हजार बराबरको चस्मा र सबै औषधीहरु निशुल्क दिने व्यवस्था रहेको बताइएको छ । त्यस्तै अन्य बिरामीको हकमा चेकजाँचको पुर्जीको लागि २० रुपैयाँ र अन्य उपचार अनुसार खर्च लाग्ने नेत्र ज्योति संघ अछामका कोषाध्यक्ष रावलले बताउनु भयो । साथै उहाँले आँखा सम्बन्धी समस्या भएका नागरिकलाई आँखा उपचार केन्द्रमा आई सेवा लिन समेत सबैलाई आग्रह गर्नु भयो। आँखा उपचार केन्द्रको बारेमा थप जानकारी लिनको लागि ९८४७४१४८२३ र९८४८६४९४५९मा सम्र्पक गर्न पनि सकिने उहाँले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *