तुर्माखाँद गाउँपालिका द्वारा कृषक समुहका सदस्यहरुलाई कृषी सामाग्रि हस्तान्तरण

तुर्माखाँद गाउँपालिका द्वारा कृषक समुहका सदस्यहरुलाई कृषी सामाग्रि हस्तान्तरण

अछाम।   अछामको तुर्माखाँद गाउँ पालिकाले कृषक समुहका सदस्यहरुलाई कृषी सामाग्रि हस्तान्तरण गरेको छ ।                                                                  साना ब्यवसायिक कृषि उत्पादन केन्द्र भैंसी पकेट बिकास कार्यक्रममा ५ वटा कृषक समुहका १०५ जना कृषकहरूलाई मिल्क क्यान१०५ वटा ,मिल्क बाल्टी १०५ वटा र घाँस काट्ने हेन्ड मेसिन च्याफ कटर ४० वटा हस्तान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष पुष्पराज शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष अमृता बुढा ,प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बुढा वडा, अध्यक्ष कविराम बयक ,पशुसेवा शाखा प्रमुख जनक बहादुर बुढा, लगायत कृषक समूह सरोकारवालारूकाे उपस्थिति रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *