बिपि कोइरालाको स्मृति दिवसको अवसरमा काङ्ग्रेस अछामले गर्‍यो, वृक्षरोपणका साथै अन्तरक्रिया कार्यक्रम

बिपि कोइरालाको स्मृति दिवसको अवसरमा काङ्ग्रेस अछामले गर्‍यो, वृक्षरोपणका साथै अन्तरक्रिया कार्यक्रम

अछाम – नेपाली काङ्ग्रेस अछामले महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३९औँ  स्मृति दिवसको  अवसरमा वृक्षरोपण गरेको छ ।

पार्टी कार्यालय परिसर र मंगलसैन नगरपालिका वडा नम्बर ३ मा अवस्थित गुठीमा विभिन्न किसिमका बिरुवा हरु रोपिएको हो ।

वृक्षरोपण पछि भएको अन्तक्रिर्या कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति भरत कुमार स्वारले बिपि कोइरालाले  अंगालेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए ।

बीपीले देखाएको देश र जनतालाई सर्वाेपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसलेआत्मसात गरे मात्र बीपीप्रति सच्चा सम्मान हुने बताए ।

‘नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि उहाँले गरेको योगदान सधैं स्मरणीय रहेकोे बताए ।

आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति उहाँको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुने उनले बताए ।

बिपी कोइराला नेपाली काङ्ग्रेसको मात्र नभएर मुलुकको नेता भएको समेत उनको भनाइ छ ।

कार्यक्रममा पुर्व सांसद अक्कल बहादुर बिष्ट ,पुर्व पाटी सभापति मेघराज खड्का ,पुष्प बहादुर शाह,महासमिति सदस्य देवराज देवकोटा ,बलबहादुर कुवर ,प्रदेश सभा सदस्य अम्बि थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।उक्त कार्यक्रमको संचालन पार्टी सचिव नमबहादुर शाहीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *