देश अफठ्यारो स्थितिमा परेको बेला काग्रेस आवश्यक : नेता खड्का

देश अफठ्यारो स्थितिमा परेको बेला काग्रेस आवश्यक  : नेता खड्का

नेता कार्यर्ताले जिम्मेवारी दिए कांग्रेस अछामलाई हाँक्न तयार छु : नेता खड्का

अछाम : नेपाली काँग्रेस अछामका पूर्व पार्टी सभापति मेघराज खड्काले देश संकटमा परेको बेला नेपाली काग्रेसले काध थाप्ने गरेको बताएका छन् । देश अफठ्यारो स्थितिमा परेको बेला पटक पटक लोकतन्त्र बचाउन नेपाली काग्रेस निर्णायक बन्ने गरेको उनले बताए ।

महासमिति सदस्य समेत रहेका कांग्रेस नेता खड्काले देशका ठुल ठुला परिवर्तन नेपाली काग्रेसकै नेतृत्वमा भएकाले अहिले पनी देश संकटमा परेपछि संविधानको रक्षागर्न नेपाली काग्रेस अग्रसर भएको भनाई राखे । नेपाली काग्रेस समय सापेक्ष परिवर्तन हुदै गएकाले अब देश र संविधानको रक्षा गर्ने जिम्मेवारी नेपाली काग्रेसको काधमा आएको बताए।

रेडियो गाउँघरको बहसमुलक कार्यक्रम साझाथलोमा कुराकानी गर्दै नेता खड्काले नेपाली काँग्रेस भित्र पनी केहीकमजोरी रहेको स्विकार्दै आगामी दिनमा सुधार्दै अघिबढ्ने मनसाय काँग्रेसको मुल नेतृत्वले गरिरहेको बताए । नेता खड्काले नेपाली काँग्रेसलाई ब्यवस्थित ढंगले अघि बढाउने नेतृत्वको आवश्यक्ता रहेकाले आफ्नोपनी पुन पार्टि सभापति बन्ने चाहाना रहेको बताए । नेता कार्यर्ताले आफुलाई जिम्मेवारी दिएमा नेतृत्व गर्न तयार रहेको तर सहमतीको आधारमा मात्रै निर्णय गर्नेमा उनको जोड छ।

पार्टिलाई हाक्ने भिजनका साथ युवा नेतृत्व अगाडी आए पार्टीमा सहमति हुन सक्ने

पछिल्लो समयमा युवापुस्ताले पनी नेतृत्वका लागी चाहाना देखाएकोमा खुसी ब्यक्त गर्दैउनले पार्टिलाई हाक्न सक्ने भिजनका साथ युवा नेतृत्व आएमा नेतृत्व दिनेमा पार्टी भित्र दुईमत नहुने बताए । बाहिर होहल्ला मात्रै गर्ने तर नेतृत्वका लागी सक्षम युवाहरु नआएमा त्यो सम्भव नहुने नेता खड्काको भनाई छ ।

यसभन्दा अघि भएका दुईवटा निर्वाचनमा पराजित हुनुभएका नेता खड्काले गाउँमा आउने बजेट ब्यापक दुरुपयोग भईरहेको बताए । बिशेषगरि प्रदेशबाट आएका योजनाहरु पहुचको भरमा आउने र त्यो बजेट बढिदुरुपयोग हुने गरेको उनको आरोप छ।

जनताका आवश्यक्ताका योजना भन्दापनी सिमीत ब्यक्तिका आवश्यक्ता पुरागर्ने योजनाहरु छनौट हुदा समस्या सृजना भईरहेकोउनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *