ढकारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच विवाद भन्ने समाचार निराधार

ढकारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच विवाद भन्ने समाचार निराधार

अछाम :अछामको ढकारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच विवाद भन्ने समाचार निराधार भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष धनबहादुर बुढा र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले एक संयाुक्त बिज्ञप्ती प्रकाशित गरी अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बिच कुनै पनि बिवाद नभएको जनाएको हो ।

साउन १ गतेका ढकारी गाउँपालिकाको कार्यालय समय भित्र ७,८ जना स्थानीय बासीको समुहले मदिरा सेवन गरि कार्यालय प्रमुख राजेन्द्र भाटलाई अपशब्द प्रयोग गर्दै गालीगलौच गरेको घ’टनालाई तोडमोड गरी विभिन्न संचार माध्यमहरुले गाउँपालिका अध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृत बिच झ’गडा श्रृजना भएको भनी गलत प्रचारबाजी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

बरु मदिरा सेवन गरेका केही स्थानिय समुहले गाउँपालिका कार्यालयमा तालाबन्दी गरि कर्मचारीहरुलाइ असहज वातावरण श्रृजना गरेको समेत बिज्ञप्तीमा उल्लेख छ । गाउँपालिकाका बिषयमा सत्यतथ्य नबुझी भ्र’मपुर्ण सूचना संम्प्रेषण नगरिदिन समेत गाउँपालिकाले बिज्ञप्ती मार्फत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *