युनियन लाइफको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा…

युनियन लाइफको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा…

युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार नयाँ बानेश्वरमा रहेको इन्द्रणी कम्प्लेक्समा कम्पनीको आईपीओ बाँडफाँटमा १० कित्ताको दरले वितरण गर्दा ५ लाख ८० हजार ५०० जनाले मात्रै शेयर पाएका छन् । त्यस अनुसार बाँकि १५ लाख ३२ हजार २९९ जना अर्थात करिब ७३ प्रतिशतले शेयर पाएनन् ।

कुल २१ लाख ८२ हजार ७७५ जना आवेदकबाट आवेदन परेका छ । त्यसमध्ये ६९ हजार ९७६ आवेदन रद्ध भएका छन ।  कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको थियो ।

कसरी हेर्ने रिजल्ट ?
आईपिओ बाँडफाँडको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/)  नामक वेभसाइटबाट, प्रभु क्यापिटल लिमिटेडकाे वेभसाइट (https://www.prabhucapital.com/), युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे वेभसाइट https://unionlife.com.np/,र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *