काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याइयो

 काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याइयो

काठमाडौं उपत्यका जारी निषेधाज्ञा साउन १० सम्म लम्ब्याइएकाे छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले उपत्यका जारी  निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरेकाे हाे ।

बिहीबार बसेकाे बैठकले  उपत्यका प्रवेश गर्ने सार्वजनिक सवारीलाई खुकुलो गरिने भएकाे छ । ‘आवश्यक परेका सार्वजनिक यातायातलाई प्रवेश अनुमति दिने निर्णय गरेका छौं’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने  ।

भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ ।

याे पनि :  रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली हटाएर साउन १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सबैखाले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाउने निर्णय गरेको छ ।

निषेधाज्ञा अवधिमा सभा, सम्मेलन र भीडभाड हुने गतिविधि मात्र गर्न नपाइने बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले जानकारी दिए । यस्तै विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जनाभन्दा बढी परीक्षार्थी राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *