समाजसेवी बिनय रावलको समन्वयमा जिल्ला अस्पताल अछामलाइ सिलिन्डर र स्वास्थ्य सामाग्री उपलब्ध

समाजसेवी बिनय रावलको समन्वयमा जिल्ला अस्पताल अछामलाइ सिलिन्डर र स्वास्थ्य सामाग्री उपलब्ध

अछाम : बिपि युवा नेतृत्व बिकास मञ्च अछामले जिल्ला अस्पताल अछामलाई अक्सिजन सिलिन्डर सहीत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । समाजसेवी बिनय रावलको समन्वयमा रोटरी क्लब मध्य बानेश्वर काठमाडौले सहयोग गरेको अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

संकटको बेलामा अछाम जिल्लामा सहयोग गर्नुपर्छ भन्ने अभियानका साथ जिल्ला अस्पताल अछाममा अक्सिजन ठुलो १२ थान, सानो ४ गरि १६ थान, अक्सिजन कन्सनटेटर २ थान, पिपिईसेट ३० थान, ग्लोब्स २० थान सहीत अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बिपि युवा नेतृत्व बिकास मञ्च अछामका अध्यक्ष तथा नेवि संघ अछामका पुर्व सचिव दिनेश कुमार स्वारले बताए ।

उपलब्ध सामाग्री जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले अस्पताल बिकास समितीका अध्यक्ष प्रभुनाथ खनाल र कार्यालय प्रमुख डाक्टर सोनाली बास्कोटालाई हस्तान्तरण गरे। समस्या भईरहेका बेला स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा अस्पताल बिकास समितीका अध्यक्ष खनालले धन्यवाद समेत ज्ञापन गरे ।

हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोप बहादुर रावल, अन्य सरोकारवाला, स्वास्थ्यकर्मिको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन बिपि युवा नेतृत्व बिकास मञ्च अछामका प्रबक्ता रमेश कुवरले गरेका थिए ।

समन्वयमा रोटरी क्लब मध्य बानेश्वर काठमाडौले सहयोग गरेको अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

समाजसेवी बिनय रावलले हरेक समयमा अछाम जिल्लाका नागरिक हरुलाइ सहयोग गर्दै आइरहेकाछन। रावलले गत बर्ष अछामको रामारोशनमा गएको अविरल बर्षाले पीडित बनाएको त्यस क्षेत्रका पीडित नागरिक हरुलाइ आर्थिक सहयोग संगै अन्य राहतका सामाग्री उपलब्ध गराएको थिए भने केहि दिन पहिले मात्रै ब्यापक बढेको कोरोना कहरलाइ ध्यानमा राखी जिल्ला अस्पताल अछाममा भर्ना भएका बिरामी हरुलाइ दिवा खाजा कार्यक्रमका
लागी ५० हजार आर्थिक सहयोग गरेका थिए । उक्त कार्यक्रम १५ दिनसम्म चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *