ढकारी गाउँपालिकाले ल्यायो : कृषकलाई मासिक प्रोत्साहन भत्ता कार्यक्रम

ढकारी गाउँपालिकाले ल्यायो : कृषकलाई मासिक प्रोत्साहन भत्ता कार्यक्रम

सुशील भण्डारी ,अछाम:अछामको ढकारी गाउपालिकाले आगामी आर्थिक वर्ष २०७८।७९ का लागी
गाँउपालिकाको सातौँ गाँउ सभाले
३५ करोड ४८ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बजेट मध्य चालुमा २८ करोड २२ लाख ८६ हजार र पुजिगत बजेट ७ करोड २६ लाख बजेट विनियोजन गरेको हो ।

गाउँपालिकाले कृषकहरुलाइ कृषि पेशामा आकर्षण गर्नका लागी कृषकलाई प्रोत्साहन भत्ता कार्यक्रम ल्याएको छ ।

कृषकलाई प्रोत्साहन भत्ता कार्यक्रम अन्तर्गत भैसि पालक कृषकलाइ मासिक एक हजार ,
बाख्रा पालक कृषकलाइ मासिक पाच सय,लोकल कुखुरा पालक कृषकहरुलाइ मासिक पाच सय र फलफुल तथा तरकारी उत्पादक कृषकहरुलाइ मासिक एक हजारका दरले प्रोत्साहन भत्ता कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले बताए ।

गाउँपालिकाले ल्याएको उक्त कार्यक्रमको सबैले प्रसंसा गरेकाछन भने कृषकहरुले खुशी हुदै गाउँपालिका सरकार लाई धन्यवाद व्यक्त गरेकाछन । त्यस्तै गाउँपालिकाले बयालपाटा अस्पताललाई बजेट बिनियोजित गरेको छ ।

सातौँ गाँउ सभाले अस्पताललाई १५ लाख बजेट बिनियोजित गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले जानकारी दिए । त्यस्तै (ग) र( घ) वर्गका अपाङ्गता भएका ब्याक्ति हरुलाइ बार्षिक १००० का दरले भत्ता दिने कार्यक्रम समेत ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *