मंगलसेन नगरपालिकाद्धारा पत्रकार महासंघलाई ५ लाख बजेट बिनियोजित

मंगलसेन नगरपालिकाद्धारा पत्रकार महासंघलाई ५ लाख बजेट बिनियोजित

अछाम । जिल्लाको मंगलसेन नगरपालिकाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामलाई बजेट बिनियोजित गरेको छ ।

अछामको सदरमुकाम समेतको नगरपालिकाले महासंघको भवन निर्माणका लागि ५ लाख बजेट बिनियोजित गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको सातौँ नगर सभाले महासंघको ठुलासैनमा निर्माण सुरु भएको भवनका लागि ५ लाख बजेट बिनियोजित गरेको नगरपालिका वडा नं. ६ का वडाध्यक्ष एवं सुशासन समितीका संयोजक जनक भण्डारीले बताए ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको १० लाख अनुदानमा भवन निर्माण कार्य सुरु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *