बम्पर लाभांश र हकप्रदकाे घाेषणा गरेकाे राधी विद्युतले डाक्यो वार्षिक साधारणसभा

बम्पर लाभांश र हकप्रदकाे घाेषणा गरेकाे राधी विद्युतले डाक्यो वार्षिक साधारणसभा

काठमाण्डौ : बम्पर लाभांश र हकप्रदकाे घाेषणा गरेकाे राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने सभामा सहभागिताको लागि जुम आईडी र पासवर्ड उपलब्ध गराइने कम्पनीले बताएको छ।

सभाले गत आर्थिक वर्षका लागि घोषणा गरिएको चुक्तापुँजीको ३६.५ प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँबराबरको बोनस सेयर (करबाहेक) अनुमोदन गर्नेछ। कम्पनीको चुक्तापुँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँ रहेको छ।

सभाले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको १४७.५२ प्रतिशत (१ः१.४७५२ अनुपात) हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभाका लागि कम्पनीले यही असार १५ गतेदेखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार असार १४ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *