सीआईटीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सीआईटीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोष (सीआईटी) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (असार ७ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असार ८ गते बुकक्लोज गर्दैछ। त्यसैले कम्पनीको लाभांश सुरक्षित गर्न आजसम्म शेयरधनी बन्नुपर्नेछ।

कम्पनीले ९ प्रतिशत बोनस शेयर र ८.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित जेठ २१ गते साधारण सभा डाकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *