रहेनन् पश्चिम सुर्खेतका चम्किला तारा ‘विष्ट’

रहेनन् पश्चिम सुर्खेतका चम्किला तारा ‘विष्ट’

सुर्खेत । सुर्खेती माटोले एक असल नेता गुमाएको छ । पूर्व संविधान सभा सदस्य समेत रहेका नेपाली काँग्रेस सुर्खेतका नेता तप्त विष्टको उपचारकाे क्रममा निधन भएको हाे ।

 

कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौंको मेडीसिटी अस्पतालमा आज विहान उनको निधन भएको विष्टका भाई दल विष्टले जानकारी दिए । उनकाअनुसार सुर्खेतमाभन्दा काठमाडौं लगिएपछि अवस्था झन जटिल बनेको र उपचारकै क्रममा आज विहान पाँच बजे निधन भएको हो ।

पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य थिए । उनी पूर्व सञ्चार राज्यमन्त्री पनि हुन् । विष्ट नेपाली काँग्रेस सुर्खेतका पूर्व पार्टी सभापति र पूर्व जिल्ला विकास समितिका उप सभापति र पूर्व शिक्षक समेत हुन् ।

निडर, शाहशी र जनताकाे पक्षमा आवाज उठाउने नेताको निधनले सुर्खेतले चम्किलो तारा गुमाएको नेपाली काँग्रेस पार्टी सभापति कमलराज रेग्मीले जानकारी दिए । उनले सुर्खेती राजनीतिमा नेपाली कांग्रेसले एक खम्बा गुमाएको पनि बताए । विष्टले २०३६ सालदेखि विद्यार्थी जीवनदेखि राजनीति शुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *