गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त, ओलीको पहिलो विकेट ध्वस्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त, ओलीको पहिलो विकेट ध्वस्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिएका छन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए ।

गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरूले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।

गण्डकीमा नेपाली कांग्रेसले एमालेका नेता समेत रहेका गुरुङको मुख्यमन्त्री पद खोसिदिएको छ । कांग्रेससहितका विपक्षी गठबन्धनको शानदार जित भएको छ ।

प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका पहिलो मुख्यमन्त्रीको कुर्सी फुत्किएको छ । ओलीलाई गण्डकीबाट ठूलो झट्का लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *