आज एचआईडिसीएलको हकप्रद सुरक्षित गर्ने दिन

आज एचआईडिसीएलको हकप्रद सुरक्षित गर्ने दिन

हकप्रद निष्काशन गरेकाे हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) को बुक क्लोज भोलि  (जेठ २८ गते) हुँदै छ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै चैत्र १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ ।

Leave a Reply