प्रहरी निरीक्षक ढुंगानाको सक्रियताले आम नागरिक मक्ख

प्रहरी निरीक्षक ढुंगानाको सक्रियताले आम नागरिक मक्ख

सर्लाही । सर्लाहीको ईलाका प्रहरी कार्यालय बयलवास, केशरगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगानाको गैर कानुनी कार्य गर्ने विरुद्द सक्रियताले लाग्दा आम नागरिकले शान्ती सुरक्षाको अनुभुती गर्न सुरु गरेका छन् । भने, अवैध कारोबार गर्नेहरुको निद हराम भएको छ ।

इलाका प्रहरी कार्यालय बयलवास, केशरगञ्ज प्रमुखको रुपमा प्रहरी निरिक्षक ढुंगाना आएदेखी नै प्रहरीको कुशल कार्य शैलीका कारण त्यस क्षेत्रमा गैर कानुनी र अपराधिक क्रियाकलाप गर्नेहरुको निद हराम भएको छ ।

गैर कानुनी र अपराधिक गतिविधिमा लागेकाहरुको सिफारीस नसुन्ने, कानुनले वर्जीत गरेका कार्यहरु गर्नेलाई बर्दास्त नगर्ने र कानुनको दायरामा ल्याएर उचीत कानुनी कार्बाही गर्ने बानीले अहिले उहाँलाई निडर प्रहरी निरीक्षकको रुपमा चर्चा गर्न थालिएको छ ।

निडर र शाहसी प्रहरी निरिक्षक ढुंगानाको कार्य शैली प्रती उहाँका हाकीमहरुले समेत प्रशंसा गर्न थालेका छन् । आफ्नो एरीयामा नियमीत कडा निगरानी एवम् गस्तीले समाजमा शान्ती सुरक्षा कायम गर्नुका साथै अवैध तथा गैर कानुनी कार्यमा संलग्नलाई धमाधम पक्राउ गरि कानुनी दायरामा ल्याउने काममा सो क्षेत्रको प्रहरी सक्रिय देखिएको छ ।

प्रहरी निरीक्षक ढुंगानाले विशेष सुचनाको आधारमा जंगल क्षेत्रमा वनजन्य पदार्थको चोरी सिकारी, भन्सार छलीका सामानहरु, अवैध तथा गैर कानुनी क्रियाकलापहरु गर्ने गराउँने माथी कडा निगरानीका साथै कार्बाही सुरु गरेपछि सो क्षेत्रमा अहिले निकै सुनसान देखिएको छ ।

इलाका प्रहरी कार्यालय बयलवास, केशरगञ्जबाट प्रहरी निरिक्षक ढुंगाना आफैँ गस्तीमा खट्ने, आफ्ना मातहतका प्रहरी युनिटहरुलाई २४ सैँ घण्टा तयारी अवस्थामा राख्ने र आफ्नो एरियामा शान्ती सुरक्षालाई चुस्त दुरुस्त पार्ने काममा इलाका प्रहरी कार्यालय बयलवास, केशरगञ्ज र मातहतका प्रहरी युनिटहरु लागि परेका प्रहरी निरीक्षक ढुंगानाले बताउनु भयो ।

उहाँले आफ्नो एरीया भित्र कानुनले निष्तेज गरेका कुनै पनि गैरकानुनी कार्यलाई बढावा नदिने प्रतिबद्धता समेत जनाउनु भयो । संगठनमा जिम्मेवार र अनुशासित भएर काम गर्नुपर्छ भन्ने मान्यता राखेका प्रहरी निरिक्षक ढुंगाना नेपाल प्रहरी (आफ्नो संगठन) प्रति पुर्ण वफादार र जिम्मेवार एक प्रहरी अधिकारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *