अछाम सरोकार मंचद्वारा जिल्ला अस्पताल लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अछाम सरोकार मंचद्वारा जिल्ला अस्पताल लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अछाम । अछाम सरोकार मञ्चले जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मञ्चले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा प्रवाहमा सहज होस् भन्ने हेतुले स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको मञ्चका सचिव खेमराज ढुंगानाले बताए ।

स्वास्थ्य सुरक्षाका सामाग्री २५ सय थान मास्क, हेण्ड सेनिटाईजर ५ पिस र पिपिई सेट ८ थान रहेका उनले बताए । पिपिई सेट प्रदान गर्न राष्टिय आविस्कार केन्द्रको सहयोग रहेको सचिव ढुंगानाले जानकारी दिए ।

हाम्रो पर्यावरण । नै हाम्रो जीवन हो, आउनुहोस । संरक्षणमा जुटौँ भन्ने ध्ययेका साथ अछामका युवाहरु समेटर मञ्चको स्थापना भएको छ ।

हामी जुटौँ परिर्वतन सम्भव छ भन्ने नाराका साथ मञ्चले जिल्लमा सामाविक तथा परोपकारी क्षेत्रमा क्रियाशिल हुने मञ्चका अध्यक्ष डीबी साँउदले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *