ओलि नेतृत्व को सरकार जनता प्रति गैरजिम्मेवार – नेता तिमिल्सैना

ओलि नेतृत्व को सरकार जनता प्रति गैरजिम्मेवार – नेता तिमिल्सैना

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खकेन्द्र तिमिल्सैनाले केपि ओलि नेतृत्व को सरकार असफल तथा अनैतिक भएको दाबि गरेका छन । यस्तो सरकार जसले अल्पमतमा परिसकेको बेला मसँग बहुमत छ भन्नु लाजमर्दो र बेकुब बनाउने कुरा भएको बताए ।

माओवादी केन्द्र काङ्ग्रेस सहित को प्रतिपक्षी गठबन्धनका सांसदहरूले हस्ताक्षर सहित अदालतमा स्वयम उपस्थित भएर संसद लाइ असंवैधानिक तरिकाले गरेको बिगठन को बिरुद्ध रिट दायर गरेकाले चाडै संसद पुन स्थापित हुने नेता तिमिल्सैना को बिस्वास छ ।

केपि ओलि को कुकर्म ले मुलुकमा गणतन्त्र माथि नै प्रहार भएको संविधान को मर्म र भावना विपरित कार्य भएको भन्दै अब सरकार मा बसिरहनु को कुनै औचित्य नभएको बताए ।

उनले भने जनताको मत कुल्चेर चुनावको बाहाना मा कुर्सी जोगाउने खेलमा लागेको यो सरकार ले ल्याएको बजेट मा अधिकाशं बिषय मत बटुल्न कै लागि ल्याइएका खोक्रा नारा मात्र हो , त्यो कार्यन्वयन हुने कुरा भ्रम मात्र शृजना गर्नु हो ।

नेपालको इतिहास मै यति गैरजिम्मेवार सरकार अरु नभएको भन्दै तिमिल्सैना ले यो सरकार को बिकल्प दिनु आजको आवस्यकता भएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *