उज्वल थापाको स्वास्थ्य अवस्था जटिल

उज्वल थापाको स्वास्थ्य अवस्था जटिल

काेराेना भाइरसकाे संक्रमणबाट उपचाररत वेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको  छ ।

कोरोना भाइरसबाट संक्रमित भई करिब दुई हप्तादेखि उपचार गराएका थापाकाे स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै विवेकशिल साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले स्वास्थ्य लाभका लागि प्रार्थना गर्न सबैलाइ अनुराेध गरेका छन् ।

मिश्रले सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘उज्वलजीको स्वास्थ्य अवस्थामा कुनै सुधार आएको छैन र अवस्था अत्यन्तै गम्भिर छ। डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *