पितृशोकमा रहेका आदर्शले प्रधानमन्त्रीलाई भने: ‘मेरो बाबाले चलाएको स्कुल हेर र तिमीले चलाएको देश’

पितृशोकमा रहेका आदर्शले प्रधानमन्त्रीलाई भने:  ‘मेरो बाबाले चलाएको स्कुल हेर र तिमीले चलाएको देश’

कमेडियन आदर्श मिश्राले अस्पतालको लापरवाहीका कारण आफ्नो बुबाको निधन भएको बताएका छन् । बुबा विनोद मिश्राको निधन भएपछि मिश्राले आफ्नो युटुब च्यानलमा एउटा भिडियाे सार्वजनिक गर्दै अस्पतालको लापरवाहीका कारण डायलसिस पूरा समय हुन नपाउँदा बुबालाई बचाउन नसकेको बताएका छन् ।

भिडियाेमा उनले भनेका छन् “बाबा हुनुहुन्न अब। मेरो बाबाको अवस्था यस्तो हुनुको पूरै जिम्मेवार चाहिँ नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी सरकारी अस्पताललाई मान्छु। किनभने दुई हप्ता अगाडि बाबालाई डायलासिसमा लैजाँदा एचपीओ टू छ भनेर यहाँ डायलासिस हुँदैन भनेर एनएमसीबाट निकालिदिएको हो। चार वर्ष बाबाले एनएमसीमा डायलासिस गराउनु भएको हो। प्रति डायलासिसको सरकारले ३५ सय दिन्छ। कमाउने बेलामा तिमीहरु कमाउने, पेसेन्टलाई गाह्रो भएको बेलामा धपाइदिने।”

किड्नी फेल बुवाले डायलासिसको लागि हप्ताको दुई पटक स्कुटरमा बसेर अस्पताल पुग्नुपर्ने अवस्था भएपनि आफ्नो जिम्मेवारीबाट कहिल्यै पछाडी नहटेको बताएका छन् । नवल स्कुलको प्रिन्सिपल रहेका आफ्ना बुवालाई स्मरण गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश ब्यक्त गरेका छन् ।

उनले भनेका छन् । “मेरो बाबा गएको हो डायलासिस हप्ताको दुई पटक स्कुटरमा बसेर। तर पनि मेरो बाबाले चलाएको स्कुल हेर र तिमीले चलाएको देश हेर एकचोटी। अनि लाज लाग्दैन भने मलाई भन। काम गर्न दिएनन् मलाई भन्छौं? काम गर्न मन कहाँ छ तिमीलाई? ‘त्यो पर्दैन’ भन्दै बस्ने? भेडाहरु पछाडि जम्मा गरेका छौ। त्यही हुल बोकेर जतिखेर इन्डियाको विरोधमा बोलेर। व्याक अफ इन्डिया भनेपछि एक हुल नेपाली पछाडि लागि हाल्छन्। त्यो सेन्टिमेन्टमा जित्यौ तिमीले चुनाव। मधेशी नेताभन्दा बेटर भनेका मात्र हौ, राम्रो नेता त तिमी होइनौ। इत्ती पनि राम्रो नेता होइनौ तिमी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *