सन्दीपले पोलार्डको कप्तानीमा रहेको ट्रिनवागोबाट सीपीएल खेल्ने

सन्दीपले पोलार्डको कप्तानीमा रहेको ट्रिनवागोबाट सीपीएल खेल्ने

काठमाडौं :  नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२१ का लागि  ट्रिनवागो नाइट राइडर्समा अनुबन्धित भएका छन्  ।

सीसीएलले मंगलबार सन्दीपले ट्रिनवागोबाट खेल्ने पुष्टि गरेको हो । विष्फोटक खेलाडी काएरन पोलार्डको कप्तानीमा रहेको ट्रिनवागोले गत सिजनको विजेता टिम हो  । सीपीएलको नवौं संस्करण अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नेभिसमा हुनेछ ।

अघिल्लो सिजनमा जमैका तल्हवाजबाट खेलेका सन्दीपले यसअघि तीन फरक टोलीबाट सीपीएल खेलिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *