११ जना नेता एमालेबाट निष्कासित

११ जना नेता एमालेबाट निष्कासित

काठमाडौं : नेकपा एमालेले ११ जनालाई  निष्कासन गरेको छ ।  १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले  माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।

कारबाहीमा पर्ने अन्य नेताहरुमा  भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्का रहेका छन्  ।

बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *