साँफेबगर नगरपालिकाले दियो बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्टेटर

साँफेबगर नगरपालिकाले दियो बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्टेटर

अछाम :  कोरोना भाइरसकाे माहामारी बढिरहेका बेला साँफेबगर नगरपालिकाले बयालपाटा अस्पताललाई २ थान अक्सिजन कन्सन्टेटर उपलब्ध गराएको हो ।

बुधबार नगर प्रमुख कुल बहादुर कुवँरले बयालपाटा अस्पताललाई हस्तान्त्ररण गरेका हुन् । अस्पतालले कोभिड १९ का बिरामीको उपचार गरिरहेकाले नगरले उक्त कार्यमा सहयोग गरिरहेको नगर प्रमुख कुवँरले बताए ।

नगरपालिकाले यसअघि ८ थान प्लस अक्सिमिटर र ५ थान नेबुलाईजर मेसिन पनि अस्पतालाई प्रदान गरेको थियो । अस्पताल कोरोना रोकथाम र नियन्त्रणका लागि सक्रिय रहेको भन्दै नगरले पनि उक्त कार्यमा सहयोग गरिरहेको नगर प्रमुख कुवँरको भनाई छ ।

अस्पतालले हाल थप आईश्वलेशन बेड पनि निर्माण गर्न लागेकाले उक्त कार्यमा पनि नगरको सहयोग रहेको उनले बताए । अहिलेको अवस्थामा सबै क्षेत्रबाट स्वास्थ्य संस्थालाई सहयोग हुनुपर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *