रहेनन् चर्चित गायक प्रेमध्वज प्रधान, हार्दिक श्रद्धाञ्जली !

रहेनन् चर्चित गायक प्रेमध्वज प्रधान, हार्दिक श्रद्धाञ्जली !

लाेकप्रिय अग्रज गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा संक्रमण देखिएपछि सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा आधा घण्टाअघि अस्पतालमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गायक प्रधानका ‘घुम्तीमा नआऊ है, पर लैजाउ फूलहरू, गुलाफि घुम्टाे, टाढा भइ नदेउ फेरि,  आँखा भरि सपना, नमान लाज यसरी लगायत दर्जनौँ गीत कालजयी गितहरू जनजिब्राेमा झुण्डिएका छन् ।

प्रधान नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले चिनिन्छन् । उनले  पहिलाे गीत  १६ बर्षकै उमेरमा रेकर्ड गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *