कोषका लागि महासंघका जिल्ला सदस्य खड्काको ११ हजार १ सय ११ सहयोग

कोषका लागि महासंघका जिल्ला सदस्य खड्काको ११ हजार १ सय ११ सहयोग

अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषमा रकम जम्मा हुने क्रम सुरु भएको छ ।

बुधबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका कार्य समिती सदस्य तारामान खड्काले ११ हजार १ सय ११ रुपयाँ जम्मा गरेका छन् ।
उनले शाखा अध्यक्ष खम्म खत्रीलाई कोषका लागि उक्त रकम हस्तान्त्ररण गरेका हुन् ।

अछामबाट प्रकाशन हुने निराकरण अनलाईनका प्रकाशक तथा ग्यालेक्सी फोरकेका अछाम रिपोर्टर खड्काले कोष बृद्धिका लागि आफुले सहयोग गरेको भन्दै अरुलाई पनि सहयोग गर्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले दोश्रो बैठक मार्फत जिल्ला स्थित महासंघ संग आवद्ध क्रियाशिल पत्रकार तथा संचारकर्मीलाई अप्ठेरो पर्दा सहयोग गर्ने उद्देश्यले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

यसअघि महासंघका केन्द्रिय सदस्य शिबराज खत्रीले ५ हजार , मंगलसेन नगरपालिका ऐकिन्द्र खड्काले ५ हजार, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष यज्ञराज ढुंगानाले ५ हजार, महासंघका पुर्व अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले १० हजार र शाखा अध्यक्ष खत्रीले ५ हजार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *