थप ४ हजार ८९७ जनामा देखियाे काेराेना

थप ४ हजार ८९७ जनामा देखियाे काेराेना

काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर  ४ हजार ८९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका बिभिन्न प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप ४ हजार ८९७ जना संक्रमण पुष्टि भएको हाे ।

पछिल्लाे २४ घण्टामा १३ हजार ८७९ पीसीआर परीक्षणमा ४ हजार ७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २ हजार ३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *