निषेधाज्ञाकाे माैका छाेपि गाडीभाडामा मनाेमानी, हेर्नुहाेस् भाडादर…

निषेधाज्ञाकाे माैका छाेपि गाडीभाडामा मनाेमानी, हेर्नुहाेस् भाडादर…

काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा १४ दिनका लागि निषेधाज्ञा जारी गरेसँगै राजधानीबाट बाहिरिनेकाे लर्काे लागेकाे छ । काेराेना भाइरसकाे दाेस्राे लहर फैलिरहेका बेला बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा जारि भएसँगै उपत्यकाबाट बाहिरिनेकाे लाम लागेकाे हाे ।

निषेधाज्ञा सुरु हुने दिन नजिकिएसँगै काठमाडाैँका बिभिन्न टिकट काउण्टरमा घर फर्किनेहरु बसको टिकट काट्नेकाे बाक्लाे लाइन रहेकाे छ । काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भिड लागेको छ ।

काेराेनाकाे याे महामारीकाे बेला टिकटमा कालोबजारी सुरु भएकाे छ । छाेटाे समयमै उपत्यकाबाट बाहिरिसक्नु अवस्थाकाे फाइदा उठाउदै टिकटमा चर्काे रकम असुलिरहेकाे यात्रुहरुले गुनासाे गरेका छन् । सामाजिक सञ्जालमार्फत धेरैले भाडामा मनाेमानीका साथै कालाेबजारी सुरु भएकाे गुनासाे गरेका छन् । 

हेर्नुहोस् यातायात व्यवस्था विभागले कायम गरेकाे भाडादर :

Leave a Reply

Your email address will not be published. Required fields are marked *