यी १३ जिल्लामा गरियाे पूर्ण र आंशिक निषेधाज्ञा

यी १३ जिल्लामा गरियाे पूर्ण र आंशिक निषेधाज्ञा

काठमाडौं : कोरोना भाइरस संक्रमणको दोस्रो लहर तिब्र गतिमा फैलिरहेका बेला सरकारले काेराेना नियन्त्रणका लागि १० जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐनमा भएको व्यवस्थाअनुसार १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन् । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय र पहाडमा २ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको थियो । 

गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार मंगलबारसम्ममा १० जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा छ । काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा, सुर्खेत र कास्कीमा पूर्ण निषेधाज्ञा छ भने  बर्दिया, बाग्लुङ र कालिकोटमा चाहिँ आंशिक निषेधाज्ञा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *