५२ औं स्थापना दिवसको अवसरमा नेविसंघ अछामद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

५२ औं स्थापना दिवसको अवसरमा नेविसंघ अछामद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अछाम : नेपाल विद्यार्थी संघको ५२ औँ स्थापना दिवसको अवसर नेविसंघ अछामले जिल्लाको रामारोशन गाउँपालिकाका बाढी पहिरो पिडित र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर मनाएको छ ।

२०७७ साल भाद्र २ गते रामारोशन क्षेत्रमा आएको बाढीका कारण आमा – वुवा गुमाएका चार जना र अति विपन्न तीन जना गरी सात जना विद्यार्थीहरु लाइ कापीकलम ,स्कुल डेरेस र झाला वितरण गरिएको नेविसंघ अछामका सदस्य पुष्प बिष्टले बताए ।

विगत बर्षका स्थापना दिवस भन्दा फरक तवरले नेविसंघ अछामले यो बर्ष जिल्लाको बिकट रामारोशन गाउँ पालिकाको यशोदा मावि नेटाकोटमा मनाएको छ । नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष निर्प साउदको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेविसंघ पुर्व केन्द्रीय सदस्य चन्द्र विक रहेका थिए।

कार्यक्रम बोल्दै प्रमुख अतिथि विकले नेपालको लोकतान्त्रिक र शैक्षिक आन्दोलन नेविसंघको योगदान अतुलनीय भएको बताए । साथै उनले दुर दराजका विद्यार्थीको पक्षमा अछाम नेविसंघले गरेको कार्य प्रशंसनीय भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विक गोपिप्रसाद खनाल यशोदा मावि का सहायक प्रधानाध्यापक श्याम साउद नेपाल शिक्षक संघका संघिय प्रतिनिधि काली बुढा लगायत नेविसंघ अछामका विभिन्न तहका नेता कार्यक्रताको सहभागीता रहेको थियो ।

नेविसंघ जिल्ला उपसभापति खडक बिष्टको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन जिल्ला सचिव बम स्वारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *