अछाम कारागारमा पुस्तकालयको उद्धघाटन

अछाम कारागारमा पुस्तकालयको उद्धघाटन

चक्र प्रशाद जैसी, अछाम माघ २७
अछाममा आज मंगलवार ५ आंै कारागारको रुपमा पुस्तक हस्तान्तरण तथा कारागार पुस्तकालय उदघाटन गरीएको छ । नेपोको आर्थीक तथा प्रावधीक सहयोगमा जिल्ला कारागार अछामका निमित्त प्रमुख धन बहादु शाहिले आज एक कार्यक्रमका विच पुस्तकालयको उद्धघाटन गर्नूभएको हो ।

विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, वातावरण र युवा नेतृत्वका क्षेत्रमा काम गर्दै आएको टिम नेपो संस्थाले विगत २ बर्षदेखि देशभरका ७४ वटै जिल्लामा संचालित कार्यक्रम अन्तरगत कारगारलाई सुधार गृह बानाउने तथा पठन संस्कृती प्रवर्दन गर्ने उद्धेश्यले कार्यक्रम सञ्चालन गरीरहेको संस्थापक अध्यक्ष डां निगम पौडेलले बताउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको प्रमुख आतीथ्यतामा भएको उक्त कार्यक्रममा नेपोले करिब ५ सय २१ वटा पुस्तक कारागारलाई हस्तान्तरण गरेको छ । कारागारका कैदीवन्दी हरुको मानसीक परीवर्तनका लागी अनलाईनका माध्यमबाट योग आसन, प्रणायाम लगायतका क्रियाकलाप गर्ने योजना रहेको पौडेलले बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधीकारी उपाध्यायले मानसिक रुपमा सोचका कुराहरु चिन्तनका कुराहरुबाट सन्तुसष्टी हुने आधार नै पुस्तक भएकाले यसलाई सहि तरिकाले प्रयोग गर्नुपर्ने उहाले बताउनुभयो ।

यो श्रहानीय काम भएको भन्दै टिम नेपोलाई उहाँले धन्यवाद समेत दिनुभएको छ । अब पुस्तकको संख्या बढाउदै जानुु पर्ने भन्दै केही समय पछि २ र ३ सय जति किताबहरु कारागारलाई हस्तानतरण गर्ने उहाँले बताउनुभएको छ ।

किताब एउटा अफैमा भण्डार भएकाले संसारमा धेरै चोरि हुने किताब नै भएकाले किताब लाई राम्रो सँग राख्नु पर्ने भन्दै यसलाई निरन्तरता दिनु पर्नेमा उहाँले जोड दिनुभयो । पुस्तक गरहण गरदै निमित्त शाहिले यो पुस्तकले व्यक्तिमा सुधार आउने र यस्को संरक्षण गर्ने टिम नेपोले परोपकारि र प्रसंशनिय काम गरेको उहाले बताउनु भएको छ ।

कार्यक्रमा जिल्ला प्रहरी कार्यालयका अछामका प्रहरी निरिक्षक गंगा दत्त बढु, जिल्ला आयर्बेद स्वास्थ्य केन्द्र अछामका आयर्बेद चिकित्सक डाक्टर श्रद्धा पौडेल, कैदीबन्दी, पत्रकार लयायतको सहभागीता रहेको थीयो ।

Leave a Reply