कांग्रेस अछामका शुभेच्छुक संस्थाहरु द्वारा प्रनिनिधि सभा विघटन बिरुद्ध बिरोध प्रदर्शन

कांग्रेस अछामका शुभेच्छुक संस्थाहरु द्वारा प्रनिनिधि सभा विघटन बिरुद्ध बिरोध प्रदर्शन

अछाम:नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिवार अछाममा प्रनिनिधि सभा विघटन बिरुद्ध बिरोध प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसको निर्देशनमा शुभेच्छुक संस्थाहरुले  देशभरी प्रदर्सन गर्ने कार्यक्रम अन्तर्गत अछाम जिल्लामा पनि मौन ¥याली निकाल्दै बिरोध प्रदर्शन गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध काँग्रेस पार्टी कार्यलयबाट सुरु गरिएको मौन र्याली मंगलसेन बजार परिक्रमा गर्दै कोणसभामा परिणत गरिएको थियो ।

नेपाल शिक्षक संघका पुर्व अध्यक्ष एवंम नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुक संस्था परिचालन समितिका संयोजक पदमराज अधिकारिको अध्यक्षतामा भएको बिरोध सभामा बोल्दै मुख्य बक्ता नेपाली काङ्ग्रेस अछामका पाटी सभापति भरत कुमार स्वारले नेकपाका नेताहरूले नागरिकलाई भ्रममा पार्न मात्र एकले अर्काको गल्ती औल्याएर बिरोध गर्ने कार्य नाटक मात्र भएको बताउनु भयो ।उहाले काग्रेस नागरिकको पार्टी भएकाले काङ्ग्रेसको सडक सघर्समा साथ दिन आग्रह गर्नु भयो ।

प्रधानमनत्री केपी ओलीले संविधानमा संसद विघटन गर्न पाउने अधिकार नहुँदा पनि तानाशाही  रूपमा  संसद विघटन गरेर  ठुलो गल्ती गरेको बताए । संविधानको घाटी निमोठदै संविधान ल्याउदा गरेको बलिदानको अवमुल्यन गरेको प्रति आक्रोश व्यक्त गरेका छन् ।

लोकतन्त्र  ल्याउनका लागि गरिएको जनताको योगदानको कदर नै नगरी संसद विघटन गर्नु अलोकतान्त्रिक पद्धती भएकाले तत्काल यो निर्णय सच्याउन स्वारले आग्रह गरेका छन् ।

त्यस्तै विशिष्ट बक्ताको रूपमा बोल्दै पुर्व पाटी सभापति पुष्प बहादुर शाहले केपि अाेलिकाे सरकार असफल भैसकेको भन्दै सरकारले गर्दै अाएकाे अत्याचारका बारेमा काङ्ग्रेस चुप लागेर नबस्ने बताए । उनले बर्तमान सरकार काम भन्दा प्रचारमा लागेको अाराेप समेत लगाए । वर्तमान सरकार भ्रष्टाचार ,महङगि ,कालाेबजारि र जनतालाई विभिन्न बहानामा कर थुपार्ने काम भन्दा अरु केहिपनि उपलब्धिमुलक कार्यक्रम गर्न नसकेको समेत प्रष्ट पारे ।

त्यस्तै अर्का विशिष्ट बक्ता पुर्व पाटी सभापति मेघराज खड्काले केपी ओली नेतृत्वको सरकारकाले संसद बिघटन गर्दै देशमा अस्थिरता, तानाशाहीपना, अराजकता लगायत सर्वसत्तावाद लाद्न खोजेको बताए । साथै उनले निर्मला हत्या काण्ड जस्ता ठुला र अपराधीक घटनाहरु सरकारकै सम्लग्नतामा भएको अाराेप लगाए ।

बिरोध सभामा नेपाल ट्रेड युनियन काङ्ग्रेस अछामका अध्यक्ष चित्रराज बजगाइ,नेपाल प्रेस युनियन केन्द्रिय सदस्य रामबहादुर कुवर ,नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष बिष्णु भण्डारी ,नेपाल प्रजातान्त्रिक प्राध्यापक संघ जिल्ला अध्यक्ष झनक राज जैसी,नेपाल बार यसोशीयन जिल्ला शाखा अछामका अध्यक्ष गणेश ढुङ्गाना,प्रजातान्त्रिक महासंघ जिल्ला अध्यक्ष अर्जुन ताम्राकार स्वास्थ्यकर्मी संघका केन्द्रिय प्रतिनिधि झपटराज ढुंगाना,खुद्रा ब्यापार संघका अध्यक्ष नामसिंह धामी,कलाकर्मी संघका भोजराज भाट,सिडेनका अछाम जिल्ला अध्यक्ष इन्जिनियर सरोज शाह लगायतले बिरोध मन्तव्य राखेका थिए ।कार्यक्रमको संचालन नेपाल प्रेस युनियन अछामका सचिव सुशील भण्डारीले गर्नुभएको थियो ।

 

 

 

 

 

Leave a Reply