बालसंरक्षण परियोजना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कुइका र बजुडामा सम्पन्न

बालसंरक्षण परियोजना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कुइका र बजुडामा सम्पन्न

आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेश्नल नेपालकाे आर्थिक सहयोग र पन्चदेवल बिनायक नगरपालिका वडा नं १, कुईकाको समन्वयमा कुईकाको अमरसेन टोलमा अभिभावकहरूलाई बालसंरक्षण परियोजना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
अभिभावकहरूलाई बाल अधिकारका चार मुख्य क्षेत्रहरू बाल बचाउ, बालसंरक्षण, बालबिकास र बाल सहभागीताको बारेमा जानकारी गराउने , बाल संरक्षण भनेको के हो? र बालबालिकाका सवालहरु के के हुन् र ती सवालबाट बालबालिकाहरूलाई कसरी बचाउनँ सकिन्छ भन्ने बिषयमा अभिमुखीकरण एवं छलफल गरिएको थियो।
वडा सदस्य हिरा बि.क. को अध्यक्षतामा भएको उक्त कार्यक्रममा आस्था नेपाल अछामका फिल्ड सुपरभाईजर कुल बहादुर रावत , र सामाजिक परिचालक खगेन्द्र प्रसाद उपाध्याय र रूपान्तरण कक्षाका साथी शिक्षक बिजय रिमाल र हस्तना तिमिल्सैना लगायत करिव ३० जना अभिभावकहरूको उपस्थिती रहेको थियो । भने कार्यक्रमको सहजीकरण आस्था नेपाल अछामका खगेन्द्र उपाध्यायले गर्नु भएको थियो । यस्तै :वर्ल्डभिजन र आस्था नेपालको सयुक्त साझेदारीमा संचालित एकीकृत बाल संरक्षण र बाल स्पोन्सरसिप परियोजना अन्तर्गत वडा कार्यलयको समन्वयमा रूपान्तर समुहका अभिभावकहरुलाइ बाल अधिकार र बाल संरक्षण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम कमलबजार नगरपालिका वडा न. २ बजुडामा सम्पन्न भएको छ ।

कार्यक्रममा बाल संरक्षण र बाल अधिकार सम्बन्धि प्रष्ट गराइएको थियोे । उक्त कार्यक्रममा३० जना अभिभावकहरुको उपस्थिति भएका थिए । कार्यक्रमको सहजीकरण आस्था नेपालका लभजङ्ग कुवर र तित बहादुर विश्वकर्माले गर्नु भएको थियो ।

Leave a Reply