लकान्द्र लिफ्ट खानेपानी योजनाको तुर्माखाँद गाउँपालिका अध्यक्ष शर्माद्धारा अनुगमन

लकान्द्र लिफ्ट खानेपानी योजनाको तुर्माखाँद गाउँपालिका अध्यक्ष शर्माद्धारा अनुगमन

चक्र प्रशाद जैसी, अछाम :तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ लकान्द्रमा निर्माणाधीन सेलघाडि लकान्द्र लिफ्ट खानेपानी योजनाको गाउँपालिका अध्यक्षय पुष्पराज शर्माले बुधवार अनुगमन गर्नुभएको छ ।

तुर्माखाँद गाँउपालिकामा सञ्चालित ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना अन्तर्गत १ करोड बढीको लागतमा सेलघाडि लकान्द्र लिफ्ट खानेपानीको गाँउपालीका अध्यक्ष सहितको टोलीले अनुगमन गरेको हो ।

योजनाको काम ८० प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्षय शर्माले जानकारी दिनुभएको छ । युरोपियन युनियन, फिनल्यान्ड सरकार, नेपाल सरकार, गाउँपालिका र स्थानीय उपभोक्ताहरुको श्रमदानगरि जम्मा १ करोड ४४ लाख १७ हजार ७ सय ९४ रुपैयाँ २७ पैसा बराबरको लागतमा यो आनेपानी योजना बन्न लागेको हो ।

आर्थिक बर्ष २०७६ सालमा योजना सरु गरिएको थियो । अहिले मुख्य मुहानबाट ४ सय मिटर माथीपानी पु¥याईएको र अन्य मुहानहरु पनि मर्मत र निर्माण भईरहेका छन ।

उक्त योजना यो बर्षको अन्तिम सम्म सम्पन्न गर्ने गरी काम भईरहेको शर्माले जानकारी बताउनुभयो ।

उहाँका अनुसार खानेपानी योजना निर्माण सम्पन्न भएपछि वडा नम्बर ३ लकान्द्र क्षेत्रका करीव १ सय घरधुरीका ७ सय जनसंख्या लाभान्वित हुनेछन् ।

Leave a Reply